शुक्लागण्डकीको निषेधाज्ञा हट्यो, सजगता अपनाउन अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको निषेधाज्ञा हट्यो, सजगता अपनाउन अनुरोध

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    तनहुँ : दश दिनदेखि शुक्लागण्डकी नगरपालिकामा जारी निषेधाज्ञा शनिबार राति १२ बजेदेखि हट्ने भएको छ । समुदायमा कोरोना देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि भदौ ३ गतदेखि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि नगरपालिकाले पनि तीन दिन थप गरेको थियो । समुदायमा संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाको स्वाब संकलन गरी पिसीआर परीक्षण गरिएकामा थप संक्रमित नभेटेपछि निषेधाज्ञा हटाउने निर्णय गरिएकोे शनिबार मेयर किसान गुरुङद्वारा जारी अनुरोधमा जनाईएको छ ।

    निषेधाज्ञा खुलेपनि शिक्षण संस्था, प्रशिक्षण केन्द्र, पार्टी प्यालेस, पार्क रंगशाला, जिमहल, स्विमिङ पुल, व्युटीपार्लर, सैलुन भने बन्द रहनेछन् । भेला, जुलुस, जात्रा, मेला महोत्सव, साँस्कृतीक तथा समाजिक कार्यक्रम नगर्न र सहभागी हुन रोक लगाईएको छ ।

    पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य माक्स र सेनिटाईजरको प्रयोग गरी कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाई गर्न जारी अनुरोधमा उल्लेख छ । ‘बैंक तथा वित्तिय संस्था सञ्चालनमा थप स्वास्थ्यका सुरक्षाका उपाय अपनाउन, घरदैलोमा रकम संकलन नगर्न र एटिएममा अनिवार्य सेनिटाईजरको व्यवस्था गर्नुपर्नेछ’ अनुरोधमा भनिएको छ । यस्तै अत्वाश्यक काममा घरबाहिर निस्कदा पनि अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, पटकपटक साबुन पानीले हात धुने र सेनिटाईजरको प्रयोग गर्न सुझाइएको छ ।