


दमौली, ८ पुस । धनुषाको जनकपुरमा सम्पन्न नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशनमा जेसीआई व्यासनगरका कार्यकारिणी उपाध्यक्ष सनम अधिकारी सम्मानित भएका छन् । क्षेत्र ‘ख’ अन्तर्गत उत्कृष्ट कार्यकारिणी उपाध्यक्षको रूपमा अधिकारीलाई सम्मान प्रदान गरिएको हो।
नेपाल जेसीजको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको नेपाल जेसीजले जनाएको छ। कार्यक्रममा नेपाल जेसीज २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापाले अधिकारीलाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।

यसै महाधिवेशनमा जेसीआई व्यासनगरको आतिथ्यतामा सम्पन्न क्षेत्र सम्मेलनलाई नेपाल जेसीजको उत्कृष्ट क्षेत्र सम्मेलन घोषणा गरिएको छ। उक्त सम्मेलनको सफल आयोजना तथा व्यवस्थापनका आधारमा जेसीआई व्यासनगरलाई रणनीतिक रूपमा उत्कृष्ट शाखाको सम्मान समेत प्रदान गरिएको हो।

सो अवसरमा जेसीआई व्यासनगर वर्ष २०२५ का अध्यक्ष सुमित ढुंगानालाई उत्कृष्ट शाखाको सम्मान हस्तान्तरण गरिएको छ।
