महिला उद्यमी संघ नेपाल, तनहुँ तृतीय उत्कृष्ट संघ घोषित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमी संघ नेपाल, तनहुँ तृतीय उत्कृष्ट संघ घोषित

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८२, बुधबार

    दमौली, ९ पुस । महिला उद्यमी संघ नेपाल, तनहुँ महिला उद्यमी महासंघ नेपालको तृतीय उत्कृष्ट संघ घोषित भएको छ। संघले महिला उद्यमी महासंघ नेपालमा आबद्ध भई जिल्लामा रहेका महिला उद्यमीहरूको उद्यमशीलता विकास र आर्थिक सशक्तिकरणका लागि सक्रिय रूपमा कार्यक्रम सञ्चालन गर्दै पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो।

    महिला उद्यमी महासंघ नेपालको २२औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनका अवसरमा संघलाई सम्मान गरिएको छ।

    सम्मान–पत्रमा महिला उद्यमी संघ नेपाल, तनहुँले जिल्लास्तरमा महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, उद्यम प्रवर्द्धन तथा आर्थिक सशक्तिकरणका क्षेत्रमा खेलेको भूमिका उल्लेख गरिएको छ।

    महिला उद्यमी संघ नेपाल, तनहुँले प्राप्त सम्मानले जिल्लामा महिला उद्यमीहरूको मनोबल थप वृद्धि हुने विश्वास लिइएको संघका अध्यक्ष निर्मला मल्लले बताइन् ।