


दमौली, १८ पुस । तनहुँको भिमाद नगरपालिका–२ स्थित टेक्रेमा शुक्रबार साँझ मोटरसाइक दुर्घटना हुँदा चालक घाइते भएका छन् । भिमादबाट काउलेतर्फ जाँदै गरेको बा ३९ प ७३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०–५० मिटर तल भिरमा खस्दा चालक गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङ निवासी १८ वर्षीय गोरे नेपाली घाइते भएका हुन्। उनलाई तत्काल उपचारका लागि जि.पी. कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, झरौटा ल्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक परेपछि साँझ ६:२० बजे गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
घाइतेको टाउको र अनुहारमा गम्भीर चोट लागेको, बोल्न नसक्ने अवस्था रहेको र स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।