


दमौली, २२ पुस । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । इकाईको नयॉ नेतृत्य चयनका लागि मंगलबार मनोनयन दर्ता रहेकामा शेषराज श्रेष्ठ, अन्जु दाहाल र विन्दुकुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो ।
श्रेष्ठका हालका कार्यवाहक सभापति हुन् भने दाहाल सचिव हुन्। विन्दु अघिल्लो कार्यकालमा सभापतिमा पराजित भएका थिए ।
उपसभापतिमा इन्द्रलाल श्रेष्ठ, नारायण मल्ल र ठाकुरप्रसाद पौडेलको उम्मेदवारी दर्ता भएको छ ।
कोषाध्यक्षमा युवराज भण्डारी र राजेन मियाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्ला प्रतिनिधिमा भरतकुमार श्रेष्ठ, ब्रजेस साह, किनकुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र मोहमद सलिम मियाको उम्मेदवारी परेको छ ।

