निर्वाचन प्रहरीका लागि तनहुँमा ४१६ को निवदेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन प्रहरीका लागि तनहुँमा ४१६ को निवदेन

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०८२, सोमबार

    दमौली, २८ पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीमा निवेदन आव्हान गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार निर्वाचन सुरक्षामा खटिन इच्छुकका लागि दर्खास्त दिने म्याद माघ १ गतेसम्म तोकिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पुस २७ गतेसम्म जिल्लाबाट जम्मा ४१६ जनाले आवेदन दिएका छन्। निर्वाचन सुरक्षाका लागि जिल्लामा कुल १ हजार ५७३ जनाको माग संख्या रहेको उनले जानकारी दिए।

    निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इच्छुक र योग्य व्यक्तिहरूलाई तोकिएको म्यादभित्र आवेदन दिन कार्यालयले आग्रह गरेको छ।