गुणादीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुणादीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०८२, बिहीबार

    दमौली, १५ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने २७ वर्षीया सुमित्रा थापा मगर रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ बस्ने २७ वर्षीय पुरन राना मगर घाइते भएको उनले बताए ।

    पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १२ प ४७६९ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

    घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकामा आज बिहान ८ः३५ बजे सुमित्रालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घाइते रानाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।