वरिष्ठ नेता पाैडेलद्वारा भारतका पूर्व राष्ट्रपतिकाे निधनमा दु:ख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वरिष्ठ नेता पाैडेलद्वारा भारतका पूर्व राष्ट्रपतिकाे निधनमा दु:ख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, मंगलवार

    काठमाडाै : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । मङ्गलबार शाेकवक्तव्य प्रकाशित गरेर वरिष्ठ नेता पाैडेलले मुखर्जीकाे निधनले आफूलाई स्तब्ध तुल्याएकाे उल्लेख गर्नुभएकाे छ ।

    भारतका निस्वार्थ नेताको निधनबाट आफू धेरै दुखी रहेकाे उल्लेख गर्दै वरिष्ठ नेता पाैडेलले उहाँकाे निधनले नेपालले एक महान् मित्र र भारतले एक असल नेता गुमाएकाे बताउनुभयाे ।

    वरिष्ठ नेता पाैडेलले भन्नुभयाे, “जब उहाँ विदेश मामिला मन्त्री हुनुहुन्थ्यो तब भारत र नेपालबीचको सम्बन्ध निर्माणमा उहाँको भद्र र उच्च उत्साहजनक योगदान प्रशंसनीय थियाे ।”