किड्नीको उपचारका क्रममा युवतीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    किड्नीको उपचारका क्रममा युवतीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-२ निवासी एक युवतीको काठमाडौमा निधन भएको छ । उपचारका लागि काठमाडौस्थित अल्का अस्पताल पुगेकी उनलाई उक्त अस्पतालले अवस्था कमजोर भएको भन्दै त्रिवि शिक्षण अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो ।

    ती युवतीमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको छ । आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तह विएड तेस्रो वर्ष विज्ञान शिक्षा समूहमा अध्ययनरत ती युवती अध्ययनरत थिइन् ।