डोजर व्यवसायी र नर्सलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डोजर व्यवसायी र नर्सलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँ घर भएका दुई जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका एक पुरुष र शुक्लागण्डकी नगरपालिकाका एक महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास नगरपालिका–६ का २४ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका–१ की २६ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    व्यास नगरपालिका–६ का ती पुरुष डोजर व्यवसायी रहेको खुलेको छ । उहाँ पोखरास्थित अमरसिंह चोकमा बसोबास गरिरहनुभएको छ । उहाँले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे क्लिनिका नमूना परीक्षण गराउनुभएको थियो ।

    त्यस्तै शुक्लागण्डकी नगरपालिका–१ की महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा स्टाफनर्सको रुपमा कार्यरत हुनुहुन्छ ।