घरमुली नै थला परेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    घरमुली नै थला परेपछि…

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : उपचार गर्ने पैसा नहुँदा तनहुँकाे व्यास नगरपालिका-६ निवासी ४४ वर्षीय रुबहादुर गुरुङ घरमै अलपत्र हुनुहुन्छ । दुबै खुट्टा नचल्ने गुरुङ उपचार खर्च नहुँदा घरमै अलपत्र पर्नुभएकाे हाे ।

    परिवारमा चार जना सदस्य रहेका गुरुङ घरमुली हुनुहुन्छ । “घरमुली नै थलिदाँ अहिले परिवारको बिचल्ली भएको छ । उहाँकै भरमा घर चलिरहेको थियो । अब के गर्ने अचानक कस्तो दशा लाग्यो,” गुरुङकी श्रीमती सुनिता गुरुङले भन्नुभयाे, “लकडाउन अघि गुरुङ सार्वजनिक बस चलाउनुहुन्थयाे ।”

    लकडाउनले आयस्रोत नै गुमेपछि गुरुङ घरमा आएर बसिरहनुभएकाे थियाे । घरमा आएर बस्दादेखिनै उहाँकाे कम्मरमुनिको भाग अचानक चल्न छाडेको गुरुङले बताउनुभयाे । सुनिताले भन्नुभयाे, “अहिले उपचार गर्न पाए हुन्थो । कसरी उपचार गर्ने घरमा एक पैसा छैन । घरमुलीको नै यस्तो अवस्था भएपछि कसरी घर चलाउनु ?”

    दिनभर मजदुरी गरी परिवारको छाक टार्ने उहाँका श्रीमती सुनिताको दैनिकी पनि श्रीमानकै हेरचाहमै बित्ने गरेको छ । “हामी मजदुरले उपचारका लागि त्यत्रो पैसा कहाँबाट ल्याउने” उहाँले भन्नुभयाे । 

    गुरुङकाे अवस्थाकाे बारेमा जानकारी पाएपछि स्थानीय युवा क्लबले उपचारका लागि सहयोग सङ्कलन शुरु गरेकाे छ । क्लबका सचिव सुरज श्रेष्ठका अनुसार घरदैलो मार्फत् गुरुङकाे उपचारका लागि सहयाेग रकम उठाउन शुरु गरिएकाे छ । उहाँले भन्नुभयाे, “एक–एक थोपाले समुद्र बन्छ भने जस्तै सबैले सक्दो सहयोग गरे उहाँकाे उपचार सम्भव छ ।”