नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८२, मंगलवार

    काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् ।

    मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुन: अध्ययन गर्न आग्रह गरे ।

    साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे ।

    ‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’