बन्दीपुर बजारका खाद्य पसलमा अनुगमन, म्याद नाघेका सामग्री नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर बजारका खाद्य पसलमा अनुगमन, म्याद नाघेका सामग्री नष्ट

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८२, मंगलवार

    दमाैली, ३ चैत । तनहुँकाे बन्दीपुर गाउँपालिकाकाे आयाेजनामा बन्दीपुर बजार क्षेत्रका खाद्य पसलहरूको अनुगमन तथा निरीक्षण गरिएकाे छ ।

    बढ्दो ग्याँस अभाव तथा बजारमा बिक्री भइरहेका खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको हो। निरीक्षणका क्रममा म्याद नाघेका तथा खान अयोग्य खाद्य सामग्री करिब १२ हजार २ सय ३० बराबरकाे सामग्री नष्ट गरिएकाे छ ।

    अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य सुरक्षा सम्बन्धी विभिन्न निर्देशनसमेत दिएको छ। खाद्य पदार्थसँग अखाद्य वस्तु मिसाएर नराख्न, पहिले ल्याएको सामान पहिला बिक्री गर्ने प्रणाली अपनाउन, मदिराजन्य पेय पदार्थ खरिद गर्दा गुणस्तर सुनिश्चित गर्न तथा म्याद नाघेका वस्तु बिक्रीस्थलबाट हटाएर अलग्गै सुरक्षित रूपमा राख्न आग्रह गरिएको छ।

    त्यस्तै, ग्याँस अभावको अवस्थामा वितरणमा भेदभाव नगर्न, बिक्रीको रेकर्ड राख्न तथा पारदर्शी ढंगले आपूर्ति गर्न पनि निर्देशन दिइएको छ।