स्वर्णिम वाग्लेको पहलमा तनहुँका विद्यालयमा १० स्मार्ट बोर्ड वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वर्णिम वाग्लेको पहलमा तनहुँका विद्यालयमा १० स्मार्ट बोर्ड वितरण

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८२, सोमबार

    दमौली, ९ चैत । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँका विभिन्न विद्यालयमा स्मार्टबोर्ड वितरण गरिएको छ ।

    भानु नगरपालिकामा ४, बन्दीपुर गाउँपालिकामा ३ र देवघाट गाउँपालिकामा ३ वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको छ।

    शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै स्थानीय तहका विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गरिएको सो पार्टीका नेता बासु पन्तले जानकारी दिए । विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले स्मार्ट बोर्ड वितरण गरिएको हो।

    वाग्लेको पहलमा सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उक्त सहयोग गरिएको हो ।