मिर्गौला पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई कतारबाट सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ तनहुँ दमौलीले शुरु गरेको रामलाल श्रेष्ठ बचाउ अभियान मार्फत् कतारमा रहनुभएका शङ्कर श्रेष्ठले रु १० हजार र भरत श्रेष्ठले रु ५ हजार सहयोग गर्नुभएको हो ।

    उक्त रकम भरतकी श्रीमती सम्झना श्रेष्ठ र क्लवका अध्यक्ष सरोज भण्डारीले संयुक्त रुपमा बुधबार हस्तान्तरण गर्नुभयो ।

    क्लवको सक्रियतामा यसअघि पनि मिर्गौला पीडित श्रेष्ठलाई रकम जुटेको थियो ।