ओलीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओलीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८२, आईतवार

    काठमाडौ, १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘थुना म्याद थप’ प्रकरणमा बहसमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले उनलाई थुनाबाहिरै राखेर भदौ २३ र २४ को घटनामा अनुसन्धान गर्न माग गरेका छन् ।

    ‘प्रतिवेदनमा मनशायपूर्वक मार्न खोजेको, मार्ने नियत नभएको भनेर आएको छ,’ जिल्ला न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस गर्दै बडालले भने, ‘तत्कालै मान्छे भागेर जाने अवस्थाको विद्यमानता पनि छैन । प्रमाण नष्ट गर्न सक्ने अवस्था पनि छैन । यसकारण म्याद थप्न पर्दैन ।’

    उनले इजलासमा जेनजी आन्दोलनका बेला भदौ २३ गते ओलीले गोली चलाउने आदेश नदिएको र घटनाको विवरण जानकारीकै आधारमा मात्रै मुद्दा चलाउन नमिल्ने जिकिर गरे । जेनजी आन्दोलनको छानबिन आयोग प्रतिवेदनकै आधारमा मुद्दा चलाउने आधार नभएको इजलासमा उनको जिकिर थियो ।