नोटबन्दी गर्ने हल्ला मात्रै : डा. स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नोटबन्दी गर्ने हल्ला मात्रै : डा. स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८२, सोमबार

    काठमाडौं, १६ चैत । पछिल्लो समय बजारमा व्याप्त ‘नोटबन्दी’को हल्लामा कुनै सत्यता नरहेको पाइएको छ । यस्तो हल्लालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खण्डन गरेका छन् ।

    सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले सरकारको त्यस्तो कुनै योजना नरहेको प्रस्ट पारेका हुन् । एक प्रयोगकर्ताले नोटबन्दी गर्न लागेको भन्नेबारे साधेको प्रश्नमा उनले जवाफ दिँदै उनले लेखेका छन्, ‘हामी गर्दैनौँ ।’

    पछिल्ला केही दिनदेखि विशेष गरी ५०० र १००० रुपैयाँका ठूला दरका नोटहरू प्रतिबन्ध हुन लागेको भन्दै सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू भइरहेका थिए ।

    यसै सन्दर्भमा सामाजिक सञ्जालमा सोधिएको प्रश्न र बढ्दो संशयको जवाफ दिँदै मन्त्री वाग्लेले यस्तो जवाफ दिएका हुन् ।