


दमौली, १७ चैत । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय तनहुँमा पेश गरेका छन्।
पेश गरिएको विवरणअनुसार ढकालले निर्वाचन अभियानका क्रममा रु ८ लाख ४५ हजार ८ सय ८७ खर्च गरेका छन्। खर्च शीर्षकअनुसार सबैभन्दा बढी रकम प्रचार अभियान व्यवस्थापनमा रु ४ लाख २५ हजार ४० खर्च भएको उल्लेख गरिएको छ।
त्यस्तै, सवारी साधनमा रु १ लाख ३० हजार, पर्चा तथा पम्पलेट छपाइमा रु ८७ हजार तीन सय आठ, खाना तथा खाजामा रु ६६ हजार ५ सय ९०, झण्डा तथा ब्यानरमा रु ९२ हजार दुई सय २५, इन्धनमा रु २८ हजार ३८ र स्टेशनरीमा रु ६ हजार ६ सय ८६ खर्च भएको विवरणमा उल्लेख छ।
