पृथ्वी राजमार्गमा हाईस दुर्घटना : ९ जना घाइते, केही डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वी राजमार्गमा हाईस दुर्घटना : ९ जना घाइते, केही डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८२, बुधबार

    दमौली, १८ चैत । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा मङ्गलबार अपराह्न भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन्।

    काठमाडौंबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७२०८ नम्बरको हाईस (नेपाल माइक्रो समिति) आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा घाइते भएकामध्ये केहीलाई प्रदेश अस्पताल दमौली र केहीलाई रत्नहरी अस्पताल दमौलीमा उपचारका लागि पठाइएको थियो।

    प्रदेश अस्पतालमा उपचार गरिएकामध्ये बागलुङ गलकोट–१ की ३६ वर्षीया अन्जु क्षेत्री र रुपन्देही तिलोत्तमा–४ का २८ वर्षीय रिकेश भण्डारी सामान्य चोटसहित उपचारपछि साँझ ७ बजे डिस्चार्ज भएका छन्।

    रत्नहरी अस्पतालमा उपचार गरिएकामध्ये व्यास–१ भादगाउँकी २५ वर्षीया स्मारिका थापा, ११ वर्षीय निश्चल कार्की, ११ वर्षीय कुशल कार्की र सहचालक स्याङ्जा हरिनास–२ का २५ वर्षीय उदिप गुरुङ सामान्य अवस्थामा उपचारपछि डिस्चार्ज भएका छन्।

    दुर्घटनामा २ वर्षीय अर्पन थापा, ३५ वर्षीया अमृता कार्की र धादिङ त्रिपुरासुन्दरी–३ की ३५ वर्षीया चमेली सिटौला पाण्डे मध्यम घाइते भएका छन्। उनीहरुको थप उपचारका लागि जिएमसी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।