


दमौली, १८ चैत । भोलिदेखि सुरु हुने एसईई परीक्षामा जिल्लाभर छ हजार एक सय ५५ विद्यार्थी सहभागी हुँदैछन् । त्यसका लागि २२ वटा परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षामा नियमितर्फ चार हजार नौ सय ४० र ग्रेडवृद्धितर्फ एक हजार दुई सय १५ विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षाका लागि महेश संस्कृत गुरुकुल देवघाट, मित्रता मावि सत्रसय, पवित्रा मावि पिप्ले, भानु मावि बन्दीपुर, होमराज लोहनी शारदा शिक्षा सदन नारेश्वरटार, चोक मावि रामपुरटार, निर्मल मावि भादगाउँ, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षि संस्कृत मावि दमौली, चण्डीदेवी मावि कुमालटारी, मिन मावि थर्पु, सरस्वती नमूना मावि खैरेनीटार, खैरेनी मवि खैरेनीटार, पञ्चमुनीदेव मावि दुलेगौडा, हंशवाहिनी मावि एक्लेखेत, गाउँफर्कोदय मावि ढोरफिर्दी, जनज्योति मावि भिमाद, धर्म मावि भिमाद, शिवसरस्वती मावि ऋषिङ र चन्द्रज्योति मावि केन्द तोकिएको छ ।