


काठमाडौ, १९ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई सीमित समय दिइएको विषयप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार बस्ने संसदको पहिलो बैठकमा “सात मिनेट मात्रै बोल्न दिने” भन्ने खबरप्रति प्रतिक्रिया दिँदै उनले देशका महत्वपूर्ण विषयमा बोल्न पर्याप्त समय आवश्यक पर्ने बताएका हुन्।
साम्पाङले देशको स्वाधीनता, सम्प्रभुता, नेपाली जनताको पीर–व्यथा तथा विकासको आकांक्षाजस्ता विषयहरू छोटो समयमा समेट्न नसकिने उल्लेख गर्दै “७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ” भन्ने धारणा व्यक्त गरेका छन्।
