


दमौली, १९ चैत । डुम्रे वेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुर्दीदेखि तुरतुरेसम्मको सडक दैनिक आठ घण्टा अवरुद्ध हुने भएको छ ।
भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तार कार्यका लागि चैत २१ गतेदेखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठका अनुसार मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि ९ बजेसम्म सडक अवरुद्ध हुनेछ ।
सडक विस्तारका क्रममा हुन सक्ने सम्भाविना दुर्घटना जोखिम न्यूनीकरणका लागि सडक अवरुद्ध गरेर काम गर्न लागिएको श्रेष्ठले बताए । उक्त अवधिमा तुरतुरे हुँदै पालुङटार खत्रीटार भएर विमलनगरको वैकल्पिक सडक प्रयोग गर्न सकिने श्रेष्ठले बताए ।