


दमौली, १९ चैत । तनहुँमा बिहीबारदेखि नै माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ।
पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेकामा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण थालिएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ।
इकाई प्रमुख कृष्णप्रसाद श्रेष्ठले परीक्षासँगै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार यस वर्षदेखि सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था मिलाइएको छ। दैनिक रूपमा परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण गरिने भएकाले नतिजा प्रकाशन प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ।
