विद्यार्थी खोज्दै घरदैलोमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    विद्यार्थी खोज्दै घरदैलोमा

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८२, शनिबार

    दमौली, २१ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ घरदैलो अभियान सुरु गरेको छ।

    विद्यालयका प्रधानाध्यापक सूर्यमान सिंह गुरुङको नेतृत्वमा सञ्चालन भइरहेको यस अभियान अन्तर्गत गाउँ, टोल, बस्ती र घरदैलोमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरिँदैछ।

    यसै क्रममा शनिबार आँबुखैरेनी गाउँपालिका–५ रसौली गाउँमा पुगेर स्थानीय समुदायसँग अन्तरक्रिया गर्दै अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गरिएको छ

    अभियानका क्रममा स्थानीयवासीबाट प्राप्त सुझाव र सहकार्यले शिक्षित, सभ्य र सचेत समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ। विद्यालयले अभिभावक, समुदाय र सरोकारवाला सबैलाई यस अभियानमा साथ दिन अपिल गरेको छ।