कार्यसम्पादन मूल्याङ्कनमा तनहुँ प्रशासनको सुधार, ३९ बाट २१ उक्लियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कार्यसम्पादन मूल्याङ्कनमा तनहुँ प्रशासनको सुधार, ३९ बाट २१ उक्लियो

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०८२, सोमबार

    दमौली, २३ चैत । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय तनहुँ २१औँ स्थानमा परेको छ । पहिलो चौमासिककमा ३९ औँ स्थानमा रहेको तनहुँ प्रशासन दोस्रो चौमासिकमा २१ औँ स्थानमा पुगेको हो ।

    मूल्याङ्कन अनुसार तनहुँले १८.१८७५ अंक प्राप्त गरेको हो। कार्यसम्पादन मूल्याङ्कन गृह मन्त्रालयअन्तर्गत तोकिएका सूचकका आधारमा गरिएको हो । जसमा सेवा प्रवाह, प्रशासनिक दक्षता, उजुरी व्यवस्थापन तथा समग्र कार्यप्रगति समेटिएको जनाइएको छ।