


दमौली, २३ चैत । व्यास नगरपालिकाले नगरपालिकाको वडाहरुको सीमाना हेरफेरका लागि नगरवासीबाट प्रस्ताव माग गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचन हुनु एक वर्ष पूर्व वडाहरुको सीमाना हेरफेर सङ्घमा वा प्रदेशको सिफारिसमा नेपाल सरकारको निर्णय हुनुपर्ने कानुनी वयवस्था भएकाले नगरपालिकाले सबै वडाहरुमा पत्राचार भइरहेकामा नगरवासीबाट समेत प्रस्ताव माग गर्न सार्वजनिक सूचना जारी गर्न लागिएको नगरपालिकाले जनाएको छ ।