म्याग्दे गाउँपालिकाले १५ उद्यमीलाई अनुदान दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाले १५ उद्यमीलाई अनुदान दिने

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८२, मंगलवार

    दमौली, २४ चैत । म्याग्दे गाउँपालिकाले वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट १५ उद्यमीलाई सम्झौताका लागि उपस्थित हुन आह्वान गरेको छ।

    उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा, म्याग्दे गाउँपालिका र दायित्वको सहकार्यमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत प्रविधि नवप्रवर्तन अनुकूलन साझेदारी पूरक अनुदान प्रदान गर्न लागिएको हो।

    गाउँपालिकाका अनुसार छनोट भएका १५ उद्यमीहरूको व्यवसाय सञ्चालन सम्बन्धमा स्थलगत अनुगमन सम्पन्न भई उनीहरूले पेश गरेका प्रस्ताव स्वीकृत भइसकेका छन्। सोही आधारमा अनुदान उपलब्ध गराउन सम्झौता प्रक्रिया अघि बढाइएको जनाइएको छ।

    गाउँपालिकाले सबै उत्कृष्ट १५ उद्यमीलाई आवश्यक कागजातसहित म्याग्दे गाउँपालिकाको वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।

    प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले समयमै सम्पर्क गरी सम्झौता प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।