देउवा दम्पत्तिलाई स्वदेश फर्किएर अनुसन्धानमा सघाउन शर्माको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    देउवा दम्पत्तिलाई स्वदेश फर्किएर अनुसन्धानमा सघाउन शर्माको आग्रह

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८२, शुक्रबार

    पोखरा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अब बदलिएर काम गर्ने बताएका छन्। कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा शुक्रबार आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रममा उनले प्रतिकूल परिस्थितिका बाबजुद पनि कांग्रेसले करिब १७ लाख मत प्राप्त गरेको उल्लेख गर्दै कार्यकर्ताको योगदानको प्रशंसा गरे।

    “हावाहुरीजस्तो कठिन अवस्थामा पनि हामीले १७ लाख मत ल्याएका छौँ, अब यसलाई आधार बनाएर अझ सशक्त रूपमा अघि बढ्नुपर्छ,” उनले भने।

    शर्माले संसदीय दलको नेता छिट्टै चयन गरिने जानकारी दिँदै पार्टीभित्रको आन्तरिक प्रक्रिया छिटो टुंग्याइने बताए। साथै उनले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई चाँडै स्वदेश फर्किएर पार्टीलाई सशक्त बनाउन सहयोग गर्न आग्रह गरे।

    उनले वर्तमान सरकारप्रति संकेत गर्दै बिना आग्रह नै जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने धारणा पनि व्यक्त गरे।