जेनजी आन्दोलनमा तनहुँ कारागारबाट भागेका एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेनजी आन्दोलनमा तनहुँ कारागारबाट भागेका एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८२, शनिबार

    दमौली, २८ चैत । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका एक थुनुवालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार मिति २०८२ साल भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा तनहुँ कारागारमा तोडफोड गरी फरार भएका उक्त थुनुवालाई आज नियन्त्रणमा लिइएको हो।

    पक्राउ परेका थुनुवालाई आवश्यक कारबाहीका लागि पुनः तनहुँ कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।