


दमौली, २९ चैत । तनहुँको व्यास नगरपालिका–७ सत्रसयस्थित मादी नदीले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोट बस्ने १८ वर्षीय सुजल दुरा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिका–६ शिशाघाट माघाघर आएका सुजललाई नदीमा पौडी खेल्ने क्रममा बगाएको थियो । अन्दाजी तीन सय मिटर तलसम्म बगाइ रहेकामा निजका मामा विक्रम दुराले उद्धार गरी प्रदेश अस्पताल दमौली ल्याएकामा चिकित्सिकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।