


दमौली, १ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-७ शेरामा मंगलबार कार दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।
