तनहुँ : निर्माण व्यवसायी सङ्घ तनहुँले सङ्घमा आबद्ध कुनै पनि निर्माण व्यवसायीलाई कोरोना सङ्क्रमण नभएको बताएको छ । केही दिन यता सञ्चारमाध्यमहरुबाट निर्माण व्यवसायीमा कोरोना सङ्क्रमण पुष्टि भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै सङ्घले संस्थामा आबद्ध कुनै पनि निर्माण व्यवसायी सदस्यहरुमा कोरोना सङ्क्रमण नभएको बताएको हो ।
सङ्घका महासचिव रामचन्द्र पौडेल (आरसी)ले बिहीबार प्रेस विज्ञप्ती मार्फत् समाचार प्रकाशन तथा सम्प्रेषण गर्दा पूर्व जानकारी तथा स्पष्ट नभईकन निर्माण व्यवसायी मात्र भन्दा समुदायमा सङ्घसँग आबद्ध सम्पूर्ण निर्माण व्यवसायीहरुमा समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुने बताउनुभयो । विज्ञप्तीमा भनिएको छ, “आगामी दिनमा निर्माण व्यवसायीको बारेमा समाचार सम्प्रेषण गर्दा सङ्घसँग समन्वय गरेर गर्नुभएमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।”