काठमाडौ: नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको बताउनुभयो ।
मृत्यु हुनेमा ४ महिला र २ जना पुरुष रहेका छन्।
प्रवक्ता गौतमका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२, रुपन्देहीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो।
त्यस्तै रुपन्देहीका ६५ र सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ।