कृषिमन्त्री कार्कीद्वारा कृषि विकास कार्यालय तनहुँको अवलोकन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कृषिमन्त्री कार्कीद्वारा कृषि विकास कार्यालय तनहुँको अवलोकन

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८३, शुक्रबार

    दमौली, ११ वैशाख । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम बहादुर कार्कीले शुक्रबार कृषि विकास कार्यालय तनहुँको अवलोकन गरेका छन् ।

    भ्रमणका क्रममा कार्यालयको समग्र प्रगति, जिल्लागत कृषि क्षेत्रको वर्तमान अवस्था, सम्भावना तथा कृषकहरूले भोगिरहेका विभिन्न समस्याहरूका विषयमा विस्तृत छलफल गरिएको थियो। सो अवसरमा मन्त्री कार्कीले कृषि क्षेत्रको विकास र सुधारका लागि आवश्यक सुझाव तथा निर्देशन प्रदान गर्नुका साथै आफ्ना धारणा पनि व्यक्त गरेका छन् ।

    कार्यक्रममा सहभागी कर्मचारीहरूले कृषि उत्पादन वृद्धि, बजारीकरण तथा कृषकका समस्या समाधानमा सरकारी निकायको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।