


दमौली, १५ वैशाख । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैलाई पतिशोक परेको छ । उनका पति चिजबहादुर दरैको ५५ वर्षकाे उमेरमा मंगलबार असामयिक निधन भएको छ । मष्तिष्कघात पश्चात् उपचारका लागि पोखरा चरक अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
व्यास नगरपालिका-१ भादगाउँ निवासी स्वर्गीय दरै भादगाउँ खानेपानी संस्थाका अध्यक्ष, नेपाल दरै उत्थान समाजका केन्द्रीय उपाध्यक्ष हुन् । उनका दुई छाेराहरु रहेका छन् ।