काठमाडाै : सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ विवरण अनुसार बैंकको बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकमा १६ प्रकारका बचत खाता रहेका छन् । यस्तै वैदेशिक मुद्रा बचत खातामा अमेरिकी डलरमा २ प्रतिशत र युरोमा १ प्रतिशत कायम गरेको बैंकले जनाएको छ ।
यस्तै बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ३ महनिाका लागि ७ प्रतिशत र ३ महिनादेखि १ वर्ष सम्मका लागि ७.२५ प्रतिशत र १ वर्षमाथिका लागि ७.१० प्रतिशत र २ वर्ष माथिको लागि ७.२५ प्रतिशतव्याजदर कायम गरेको छ । बैकको आधार दर ४. ३७ प्रतिशत रहेको छ ।