रास्वपा गण्डकी प्रदेशको सहमहामन्त्रीमा तनहुँका पन्त, सदस्यमा पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा गण्डकी प्रदेशको सहमहामन्त्रीमा तनहुँका पन्त, सदस्यमा पौडेल

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८३, आईतवार

    दमौली, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिको सहमहामन्त्रीमा तनहुँका शंकर पन्त निर्वाचित भएको छ । प्रदेश समितिको प्रथम अधिवेशनबाट शुक्लागण्डकीका पन्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

    पन्त तनहुँ-२ बाट सदस्य निर्वाचित हुँदै सहमहामन्त्री बनेका हुन् । उनी यसअघि प्रवक्ता थिए ।

    यस्तै प्रदेश समिति सदस्यमा तनहुँ-१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।