बन्दीपुरबाट उद्धार गरिएको चितुवा पाँच दिनपछि प्राकृतिक बासस्थानमा छाडियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरबाट उद्धार गरिएको चितुवा पाँच दिनपछि प्राकृतिक बासस्थानमा छाडियो

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८३, बिहीबार

    दमाैली ४ असार ।  डिभिजन वन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट उद्धार गरेको चितुवालाई पाँच दिनपछि बिहीबार प्राकृतिक बासस्थानमा छाडेको छ।

    कुखुराको खोरमा पसेको अवस्थामा फेला परेको चितुवालाई स्थानीयको सूचनाका आधारमा उद्धार गरी डिभिजन वन कार्यालयको संरक्षणमा राखिएको थियो। आवश्यक स्वास्थ्य परीक्षण, निगरानी तथा हेरचाहपछि चितुवालाई सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा पुनःस्थापना गरिएको हो । 

    डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले चितुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र जंगली जनावरलाई सकेसम्म प्राकृतिक वातावरणमै फर्काउने नीति अनुसार आज वन क्षेत्रमा छाडिएको बताए।