देशका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    काठमाडौं : शनिबार देशका केही स्थानमा आंशिक देखि सामान्यतया बदली भई मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बादली रहने जनाइएको छ। अहिले प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं ५ र  सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का पानी परिररहेको छ । मनसुनको न्युन चापीय रेखा  नेपाल भन्दा केहि पर दक्षिण तर्फ रहेको छ । 

    आज दिउँसोपछि देशका विभिन्न स्थानमा बदली रही  मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ  भने प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने जनाइएको छ । 

    त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा  पानी पर्ने जनाइएको छ भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।