जेसीआई व्यास नगर सप्ताहान्त सुरु, पार्क र जेसीज धारा सरसफाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआई व्यास नगर सप्ताहान्त सुरु, पार्क र जेसीज धारा सरसफाइ

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८३, शुक्रबार

    दमौली, ५ असार । जेसीआई व्यास नगरको आयोजनामा सप्ताहान्त सुरु भएको छ। जसअनुसार पहिलो दिन शुक्रबार व्यास नगरपालिका–३ प्रशासन चोकस्थित पार्क तथा जेसीज धाराको सरसफाइ गरिएको छ ।

    जेसीआई व्यास नगरका अध्यक्ष अजर नागिलाका अनुसार सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै सप्ताहान्त सञ्चालन गरिएको हो। अभियानको पहिलो दिन पार्क परिसर र जेसीज धाराको सरसफाइ गरी वातावरण संरक्षण तथा सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धिमा योगदान पुर्‍याइएको उनले बताए।

    अध्यक्ष नागिलाले सप्ताहान्त अन्तर्गत विविध कार्यक्रम गरिने जानकारी दिए।