तनहुँमा सर्च एण्ड स्विप अपरेसन : चार शंकास्पद व्यक्ति नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सर्च एण्ड स्विप अपरेसन : चार शंकास्पद व्यक्ति नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८३, शनिबार

    दमौली, ६ असार । तनहुँ प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले शुक्रबार लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतका उद्देश्यसहित सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको थियो।

    उक्त अभियानका क्रममा नियन्त्रणमा लिइएका चार जनामध्ये दुई जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ। बाँकी दुई जना भने फरार सूचिमा रहेको खुल्न आएपछि उनीहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    प्रहरीले जिल्लामा शान्तिसुरक्षा कायम राख्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।