


दमौली, ११ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रणलगायत उद्देश्यका साथ सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको छ।
बुधबार गरिएको उक्त अपरेसनका क्रममा ५ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा कुनै आपराधिक संलग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।