मिर्गौला पीडित रानालाई बेलायतबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित रानालाई बेलायतबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानाको उपचारका लागि बेलायतबाट सहयोग प्राप्त भएको छ । पोखरा घर भई हाल बेलायतमा रहने महिलाहरुले पीडित रानाको उपचारका लागि रु ६१ हजार २ सय सहयोग गरेका हुन् । उक्त रकम पीडितका बुबा जगत रानालाई हस्तान्तरण गरिएको छ ।

    पीडित रानाको उपचारका लागि तोमाया आलेले रु २४ हजार ४ सय ८०, धनु थापाले रु २२ हजार ९ सय ५०, सुकु थापाले रु ९ हजार १ सय ८०, प्रीति थापाले रु ४ हजार ५ सय ९० सहयोग गर्नुभएको छ ।

    मिर्गौला पाडित रानाको उपचारका लागि स्थानीय युवाहरुले पनि रकम संकलन गरिरहेका छन् ।