


दमौली, ४ साउन । लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीले आयोजना गरेको जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिताको अण्डर १९ तर्फको उपाधी दिपन रानाले जितेका छन् । अण्डर १९ छात्रातर्फ स्नेहा कार्कीले उपाधी जितिन ।
यसैगरी अण्डर १३ तर्फको उपाधी कृष्ण थापाले पाए । अण्डर १९ छात्रतर्फ आकाश थापा द्धितीय, नेलसन गुरुङ र विशाल महत तृतीय भए । अण्डर १९ छात्रातर्फ मनिषा तामाङ द्धितीय, दिप्सिका गडाल र मनकुमारी तामाङ तृतीय हुन सफल भए । १३ वर्षमुनितर्फ सन्तोष परियार द्धितीय, सक्षम गुरुङ र सुदिप थापा तृतीय भए । सबै विधामा प्रथम भएसँगै नगद ५ हजार, द्वितीयले ३ हजार र तृतीयले नगद २ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेतालाई शुक्लागण्डकी नगरपालिका वडा नं। ६ का अध्यक्ष बुद्धि बहादुर थापाले पुरस्कार प्रदान गर्दै लियो क्लवले शुक्लागण्डकीमा खेल क्षेत्रको प्रवद्धनकोलागि राम्रो शुरुवात गरेको बताए ।
खैरेनीटार मगर समाज भवन खैरेनीटारमा भएको प्रतियोगितामा जिल्ला भित्रका ७० विद्यार्थीको सहभागीता रहेको खेल संयोजक प्रविण श्रेष्ठले जानकारी दिए । विद्यार्थीमा अनुशासन, स्वास्थ्यसँगै खेल भावनाको विकास गराउदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्ल्व अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्र ढुंगाना, पूर्व अध्यक्ष विपिन वाग्ले लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन क्लव सदस्य सन्ध्या खनालले गरेकी थिइन् । क्लवले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा प्रत्येक महिनाको ८ गते आखा शिविर सञ्चालन गर्दै आएको छ ।