बिहानीमै चालक सचेतना, १२६ सवारीका चालकलाई ट्राफिक नियमबारे जानकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहानीमै चालक सचेतना, १२६ सवारीका चालकलाई ट्राफिक नियमबारे जानकारी

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८३, मंगलवार

    दमौली, ५ साउन । बिहानीको समयमा बढ्दै गइरहेको सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आज (२०८३ साउन ५ गते) बिहान ४ बजेदेखि पोखरा–मुग्लिङ सडकखण्डमा संयुक्त चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

    कार्यक्रमअन्तर्गत २० वटा दुईपाङ्ग्रे, ३५ वटा चारपाङ्ग्रे साना तथा ७१ वटा ठूला सवारीसाधनका चालक गरी कुल १२६ चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालनाबारे सचेत गराइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणका लागि यस्ता अभियानलाई निरन्तर सञ्चालन गरिनेछ।