तनहुँ/तनहुँमा शुक्रबार थप सात जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार व्यास नगरपालिकाका तीन, भानु नगरपालिका दुई र म्याग्दे गाउँँपालिकाका दुई गरी सात जनामा कोरोना पुष्टि भएको हो ।
व्यास नगरपालिकाका २७, १९, २४, भानु नगरपालिकाका २७, ३२ र म्याग्दे गाउँपालिकाका ३० र १७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
शुक्रबार थप तीन जनामा कोरोना पुष्टि भएपछि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७३ पुगेको छ । तीमध्ये १ सय २९ जना कोरोना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।