


तनहुँ, २६ असोज । व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ नेपाली कांग्रेसको इतर समूहमा आबद्ध भएका छन्। उनलाई उक्त समूहले तनहुँ क्षेत्र नम्बर १ को संयोजकको जिम्मेवारी दिएको छ।
समूहका जिल्ला संयोजक प्राडा कृष्णप्रसाद गौतमले श्रेष्ठलाई संयोजकको जिम्मेवारीसम्बन्धी पत्र हस्तान्तरण गरेका हुन्।
श्रेष्ठले अब तनहुँ क्षेत्र नम्बर १ मा समूहको संगठनात्मक गतिविधि तथा समन्वयको जिम्मेवारी सम्हाल्नेछन्।