तनहुँमा मंसिर ११ गते एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेला हुने, महासचिव पोख्रेलले सम्बोधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मंसिर ११ गते एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेला हुने, महासचिव पोख्रेलले सम्बोधन गर्ने

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८३, सोमबार

    तनहुँ ७ मङ्सिर । नेकपा एमालेले तनहुँमा यही मंसिर ११ गते जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहित आयोजना हुने भेलामा जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार कमिटीका सदस्य, पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका पदाधिकारी तथा जनवर्गीय संगठनका वडादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ ।

    भेलामा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको जिल्ला अध्यक्ष हरिराज कंडेलले जानकारी दिए । जिल्ला स्तरीय भेलामार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने र संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।