


तनहुँ, ५ मंसिर । कर दिवसको अवसरमा कर्मचारी मिलन केन्द्रको आयोजना र आन्तरिक राजस्व कार्यालय दमौलीको सहआयोजनामा सञ्चालित फुटबल प्रतियोगिताको फाइनलमा स्थानीय तह र सार्वजनिक संस्थानबीच प्रतिस्पर्धा हुने भएको छ ।
व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिका खेलमैदानमा शनिबार भएको खेलमा स्थानीय तहले संघ/प्रदेश कार्यालयलाई ट्राइबेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
सार्वजनिक संस्थानले पत्रकार महासंघ तनहुँलाई ३-० ले पराजित गरेको हो ।
प्रतियोगिताको फाइनल खेल आइतबार स्थानीय तह र सार्वजनिक संस्थानबीच हुने आयोजकले जनाएको छ ।