पृथ्वीराजमार्गमा १६७ सवारी चालकलाई ट्राफिक सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गमा १६७ सवारी चालकलाई ट्राफिक सचेतना

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८३, शनिबार

    तनहुँ, ५ मंसिर । पृथ्वीराजमार्गमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी पालना गराउने उद्देश्यले प्रहरीले सवारी चालकलाई सचेतना प्रदान गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान सञ्चालन गरेको सचेतना अभियानका क्रममा १६७ वटा सवारी साधनका चालकलाई ट्राफिक नियमबारे जानकारी गराएको हो ।

    प्रहरीका अनुसार दुई पाङ्ग्रे सवारी साधन ३९ वटा, चार पाङ्ग्रे साना सवारी साधन ५४ वटा र ठूला सवारी साधन ७४ वटा गरी कुल १६७ वटा सवारी साधनका चालकलाई सचेतना प्रदान गरिएको छ ।

    सवारी चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा सम्भावित दुर्घटनाबाट बच्ने उपायबारे सचेत गराइएको प्रहरीले जनाएको छ ।

    पृथ्वीराजमार्गमा सवारी चाप बढ्दै गएको अवस्थामा दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षा सुनिश्चित गर्न प्रहरीले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।